सुनसरी / अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटि वैठकले ४५ वुदे इटहरी घोषणा पत्र सार्वजनिक गरेको छ ।
सुनसरीको इटहरीमा हिजो र आज भएको दुइ दिने प्रदेश स्तरिय भएको कार्याशालाले इटहरीको कृषि अनुसन्धान केन्द्रको भवनमा आज पत्रकार सम्मेलन गर्दै ४५ वुदे घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न किसानहरुले माग गरेका छन् । उक्त रोगका कारण ५५ हजार पशु मरिसकेको र करिब ६० अर्ब रुपैयाँको क्षति भइसकेको बताउँदै नियन्त्रण नभएमा एक अर्बभन्दा बढीको क्षति हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको अखिल नेपाल किसान महासघं कोशी प्रदेशका अध्यक्ष दुर्गा कुमार थापाले बताए ।
किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बीमा बापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्ने समेत इटहरी घोषणापत्रमा उल्लेख गरिएको छ ।
कार्यशालामा किसानका अनुभवहरु, भोग्नुपरेका समस्या र समाधानका लागि गरिएका संघर्षहरूको विषयमा घनिभूत छलफल गरिएको थियोे । यस अवसरमा कार्यशालालाई सफल बनाउन नेकपा एमालेका केन्द्रिय नेतृत्व प्रदेश नेतृत्व सहित अखिल नेपाल किसान महासंघका अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र केन्द्रीय कमिटी सदस्यहरु तथा महासंघमा आवद्ध बिसयगत घटकका किसानहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यशालाले नेपालको कृषि क्रान्तिको कार्यक्रम सम्पन्न गर्न पार्टी, किसान महासंघ र अन्य जनसंगठनहरुको सहकार्यलाई थप मजबुत बनाउन आवश्यक रहेको महशुस गर्दै त्यसतर्फ मार्ग दिशा गरेको उल्लेख गरिएको थियोे ।
आम नेपाली किसानहरुले जस्तै कोशी प्रदेशका किसानहरुले पनि यस प्रदेश सहित मुलुकलाई नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन र राष्ट्रिय पूँजीको विकास गर्न अहोरात्र श्रम गर्दै प्राकृतिक प्रकोप, जिवजन्तु र रोगव्यादीसंग निरन्तर संघर्ष गर्दै कृषि उत्पादनमार्फत सम्पूर्ण मानवजातिलाई अगाडी बढाईरहेको र समाजप्रति किसानको यस भूमिकालाई सम्मान गर्दै किसानका पेक्षा सुरक्षित र संरक्षित गर्दै किसानको जिवनस्तरमा समृद्धि ल्याउन कार्यशालाले सार्वजनिक गरिएको अखिल नेपाल किसान महासघं कोशी प्रदेशका अध्यक्ष थापाले बताए ।
कार्यशालामहासंघ कोशी प्रदेश कमिटी अध्यक्ष कमरेड दुर्गा कुमार थापाको अध्यक्षता, महासंघका अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यता, नेकपा एमाले प्रदेशसंगठन कमिटी अध्यक्ष तुलसी न्यौपाने नेकपा एमाले केन्द्रिय सदस्य तथा कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक यज्ञराज सुनुवार र किसान लगाएतको उपस्थितिमा दुइ दिने प्रदेश स्तरिय कार्याशाला आज सम्पन्न भएको हो ।



