सुनसरी / मोरङको उर्लाबारीमा आज बिहान ट्रिपरले  ठक्कर दिँदा सप्तरी घर भएका एक डाक्टरको मृत्यु भएको छ ।


पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी ४ स्थित ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


 पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।


उपचारका लागि तत्काल उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भएपनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।