सुनसरी / सुनसरीको रामधुनीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । 


 रामधुनी नगरपालिका वडा नम्बरञ- ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो । चार जना वयस्क व्यक्ति र एक जना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।


स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदाय की एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । घटना मङ्गलवार दिउँसो ११ बजेको भएको स्थानीयको भनाई  छ ।


पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको भिडियोमा देखिन्छ   । 


पटक–पटक झैझगडा भइरहने र प्रहरीकोमा पुगेर मेलमिलापसमेत हुने गरेको  प्रहरी चौकी डुम्राहाले जनाएको छ । दुई तिन पटक चौकीमा पनि पुगेर झगडा नगर्ने भनेर सहमति गरेर गएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।