सुनसरी / इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पस जाने सडक बनाइदिने जनता कलेज बस दिने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।
क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले मंगलबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो ।
क्याम्पसलाई बस अनुदान दिने भएको हो । उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ ।
कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पस भित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप गिटी हालेर बाटो बनाई दिने उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले घोषणा गरेक अध्यक्ष केसीले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिले निःशुल्क कलेज बस २ वटा,स्व.वि.यु. भवन निर्माण,प्राथमिक उपचार केन्द्र र स्टाफ नर्स, क्याम्पस भित्र ब्लक बिछ्याउने,कलेजको बाटोमा मिसगिटी २० ट्रिप, निर्माणाधीन प्रशासनिक भवनका लागि ५० लाख बजेट र नियमित रूपमा शैक्षिक अनुदान दिन उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग माग गरेका थिए ।
स्व.वि.यु भवन र प्रशासनिक भवनको लागि बजेट क्रमगत रूपमा सहयोग गर्ने उपमहानगरपालिकाले बताएको छ । क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसीले मेयर पौडेललाई माग पत्र बुझाएका थिए ।


