सुनसरी / गायक तथा सारंङगी बाधक भोलामान गुरुङको "छ्यांङकुटी डाँडा" बोलको गीत सार्वजनिक भएको छ । 


भोलामान गुरुङको शब्द दीपेन्द्र राई तथा गणेश रिजालकाे सङ्गीत  रहेको उक्त गीतमा दीपेन्द्र राई  तथा रुद्र श्रेष्ठको  ऐरेन्ज रहेको छ । गीत भोलामान गुरुङ अफिसल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।


पूर्वी पहाडी जिल्ला सङ्खुवासभा चिचिला गाउँपालिका वाड नम्बर -२ आहालेमा जन्मिएका  गुरुङ हाल सुनसरी इनरुवा नगरपालिका - ६ मधेशामा बसोबास गर्दै आफ्नो कला क्षेत्रलाई अगाडी बढाई रहेका छन् ।  

2023_0830_225406

उनी नेपाली सेनामा रहँदा समेत गीत सङ्गीत लाई निरन्तरता दिएका उनले रिटायर भएपश्चात् उनी हाल इटहरी लाई कर्म थलो बनाउँदै यस क्षेत्रमा क्रियाशील रहेका छन् । यस गीतमा उनले आफ्नै जीवनमा घटेका घटना तथा बाल्यकालको सम्झना, परीवारबाट टाढा हुँदाको पिडा लगायत ठेट शब्दलाई समावेश गरेर गीत निर्माण गरेका छन् ।  

 गीत हेर्नुहोस : https://youtu.be/SA3mld_dok4?si=Y0qBLG8fc9l-L62F _2023_0830_2252212023_0830_225452