सुनसरी : उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा आज देखि भदौ १७ गते सम्म महिला उद्यमशिलता प्रदर्शनी मेलाको सुरू भएको छ ।
इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवको भवनमा मेला लागिरहेको छ । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा राखिएको छ ।
मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ८० वटा स्टल भन्दा बढी रहेको छ । मेलमा कोशी प्रदेश र मधेस प्रदेशबाट मेलामा भर्न स्टल राखिएको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका दरले पुरस्कृत गरिने समेत जानकारी दिएको छ ।

कार्यक्रमकि प्रमुख अथिति प्रतिनिधिकि सभामुख इन्दिरा राना मगरले उद्योमी महिलाहरूले यस्तो प्रदद्शन गर्दा खुसि लागेको व्यक्त गरिन् । महिलालाई अगाडि बढ्न सकिनेछ । यहाँ देशका नया पिढि उद्यमीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । महिलाहरूलाई उद्यमी मेला लगाउन अवसर दिएकोमा पुरूषहरूलाई धन्यवाद व्यक्त गरेकी हुन् ।
महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शनी गरिएको मेलाकी कार्यक्रम संयोजक मिना ढकालले बताइन् । प्रदर्शनी र सांस्कृतिक, सांगीतिक प्रस्तुती समेत हुने कार्यक्रम संयोजक ढकालले बताइन् ।
व्यवसायलाई गति दिनको लागि आर्थिक मन्दीका बिचमा पनि प्रदर्शनी गर्न गरिएको हो । घरेलु उद्योगको विकासबाट मात्रै नेपालको आर्थिक विकास हुने र विश्वव्यापी मन्दीको असर पनि कम गर्ने बताउँदै प्रदर्शनीमा आउन र व्यवसायीहरूलाई प्रोत्साहित गर्न मेला आयोजना गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए । उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिएको तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला लागेको उनले बताए ।

पुर्व भरीका खाद्यान्न, लत्ताकपडा, हस्तकलादेखि अन्य घरायसी सामाग्रीको उत्पादनहरूको प्रदर्शनी रहनुका साथै साँगीतिक, सांस्कृतिक कार्यक्रम र मौलिक खानाहरू समेत प्रदर्शनीको आकर्षणका रुपमा रहेको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णुनारायण डाँगीले जानकारी दिए ।
मेलामा रोजगारको लागि सहयोग गर्ने व्यवसायीको स्टल, स्वास्थ्य उपचारका लागि स्टलसमेत राखिएको छ । मेलाको विषयमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । मेलाको समापन पछि स्टलमा रहेका सबै व्यवसायीहरूको सानो भिडियो प्रोफाइल र वृत्तचित्र तथा स्मारिकासमेत प्रकाशन गरिने बताइएको छ । मेलामा ५० हजार बढी मानिस आउने अपेक्षा गरिएको बताइएको छ ।
आजको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका माननीय सांसद मिना श्रेष्ठ , विश्व आर्दश कलेजका प्रार्चाय गणेश दुलाल, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराई, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी लगायतले आ-आफ्नो धारण राखेका थिए ।



