काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।


पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।निगमले मूल्य वृद्धि बिहीबार राति १२ बजेदेखि लागू हुने जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ।