सुनसरी / राष्ट्रिय युवा संघ नेपाल भाेजपुर नगर कमिटीकाे साप्ताहिक कार्यक्रम अन्तर्गत आज पनि  सरसफाई गरेकाे छ ।


राष्ट्रिय युवा सघं नेपाल भाेजपुर नगर कमिटीकाे सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज मिति भाेजपुर नगरपालिका स्थित पिपलधारादेखि पाचँधारे हाेटल नगरपालिका परिसरका सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरेको छ । 


सडक भुभागका क्षेत्रहरुमा सरसफाइ एवम्ं पानी जाने ड्रेन सफाइ गरि नगरपालिकालाई ध्यानाकर्षण गराईएकाे राष्ट्रिय युवा सघं नेपाल भोजपुर कमिटीका अध्यक्ष दिपेन दर्नालले जानकारी दिए ।


संघका प्रतिनिधित्व नेतानेतृत्व,स्थानियबासि लगाएतको उपस्थितिमा सरसफाइ गरिएको थियोे । फाेहाेर फाल्नका लागि ट्याक्टर उपलब्ध गराएका दुर्गा किराना पसलका प्राेपाइटर सुरेश माेक्तानलाई  भाेजपुर कमिटीले धन्यवाद व्यक्त गरेका थिए । 

IMG_20230902_165403

दिपेन दर्लानल भने ''युवा जाेस,जागँर र हिम्मत उत्साह उमङ्गका साथ राष्ट्रलाई विकसित तुल्याउन सक्छन् । देशभक्त युवाहरुकै कारण क्रियाशिलताका आधारमा राष्ट्र निर्माण सम्भव छ । जहाँ देशका कर्णधार भनेर युवाहरुकाे सम्मान भएको छ त्याे राष्ट्रले विकासकाे शिखर चुमेकाे छ । 


ज्ञानकाे सदुपयाेग,परिश्रमकाे भावना र क्षमता अन्य व्यक्तिकाे तुलनामा बढि हुने भएकोले राष्ट्र निर्माणकाे उनिहरु नै सफल भएका छन् । उनिहरुलाई राेजगारिकाे सुनिश्चितता गरि विदेश पलायन हुनबाट राेक्नु आजकाे चुनाैति र आवश्यकता हाे भन्ने भावनाका साथ राष्ट्रिय युवा  लागि रहने जानकारी दिए ।IMG_20230902_165346