सिताराम चन्द्रवंशी (समीर)
बराहक्षेत्र / राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्रले नगरपालीका वार्ड न .१० मा पर्ने रामधुनि सामुदायिक बन क्षेत्रमा बृक्षरोपण गरेको छ । कार्यक्रमको उद्घाटन बराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले संयुक्तरुपमा गर्नु भएको हो ।
बराहक्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटकीयक्षेत्र रहेकोले यस्ता क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउनका साथै राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत बृक्षरोपण कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघको बराहक्षेत्र नगर कमिटीको अध्यक्ष सन्तोष ओख्राबु को अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङ साथै विशेष अतिथिमा बराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवार , नेकपा एमाले बराहक्षेत्रकि सीता भन्डारी पौडेल, नगर सचीव राजेन्द्र कार्की , युव!संघ प्रदेश कमिटीको सदस्य,जिल्ला सदस्य लगाएत राजनैतिक एवम् बौद्धिक ब्यक्तित्वहरुको सहभागी रहने कार्यक्रममा सिंगो राष्ट्रिय युवा संघ बराहक्षेत्र नगरको साथ र सहकार्य रहने आयोजकले जनाएको छ।

राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीको आयोजनामा गरेको बृक्षारोपण कार्यक्रम मा करिब १५० जना युवा हरुको सहभागी रहेको र राष्ट्रिय युवा संघ नेपाल केन्द्र, प्रदेश, जिल्ला,नगर साथै वडाका सदस्यहरु लगाएत उपस्थित सम्पुर्णलाई लाई धन्यवाद ब्यक्त गर्दै बृक्षारोपण कार्यक्रम समापन भएको नगर अध्यक्ष सन्तोष ओख्रबुले बताउनुभयो ।


