इटहरी / नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा रहेर कार्य गरिरहेका सरोज पौडेलले कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुखको   जिम्वेवारी पाएका छन् । 

प्रहरी प्रसासनमा राम्रो काम गरेर उत्कृष्ट प्रहरी समेत हुनुभएका पौडेल तीनबर्ष अघि पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमै प्रहरी नायव उपरीक्षक (डिएसपी) भएर कोशी प्रदेशमा राम्रो सहजिकरण गर्दै सबैको मन जित्न सफल रहेको र कोशी प्रदेशसमा उल्लेखनीय र उदाहरणीय काम गर्ने कुरामा बिस्वस्त रहेको सडक सुरक्षाको क्षेत्रमा कृयासिल संस्था हेल्पिङ युथ फर रोड सेफ्टीका सचिव अन्जना घिमिरेले बताउनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा रहेर उदाहरणिय कार्य गरिरहेका पौडेल तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा चार वर्ष अघि डिएसपीका रूपमा सरुवा भएर आएका थिए र इटहरी बाट जिल्ला प्रहरी कार्यालय बाँके सरुवा भएर गएका थिए।