सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - १२ मा जनतासँग माओवादी रूपान्तरण अभियान अन्तर्गत उद्घाटन तथा प्रशिक्षण कार्यक्रम  भएको छ । 


कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचा १२ वडा पार्टीले आयाेजना गरेको थियाे । शनिबार देखि सुरू भएको जनतासँग माओवादी रूपान्तरण अभियानमा गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई नि:शुल्क रूपमा सहयाेग स्वरूप कम्प्युटर  तालिम दिने तयारी गरिएको नेकपा माओवादी प्रदेश सदस्य तथा जनजाति महासंघ केन्द्रीय सदस्य कन्चन कुलुङले बताइन् । 


उनले कार्यक्रमकाे अवसरमा पाटीमा नयाँ  प्रबेशीलाई स्वागत गरिएको उल्लेख गरिन् । नेकपा माओवादीको हिजो शनिबारदेखि  जनतासँग माओवादी रूपान्तरण अभियान देशैभर सुरू भएको छ ।

IMG_20230903_110137