सुनसरी / नेकपा माओवादी केन्द्रको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत शनिवार अभियानको भव्य उद्घाटन गरिएको छ ।
पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई हिमाल को नेतृत्वमा उपमहानगर भरी चलेको अभियानमा सबै वडा कमिटीले बिभिन्न कार्यक्रमको आयोजना गर्दै अभियानको उद्घाटन गरेका छन् ।
केन्द्रिय सदस्य सुरेश कुमार राईको नेतृत्वमा वडा नम्बर १० मा सरसफाई कार्यक्रमका साथै पार्टी कार्यलय उद्घाटन गरिएको थियो भने २५० जतिले जुम मार्फत पार्टी अध्यक्ष प्रचण्डको लाइभ सम्बोधन सुनेका थिए ।
इटहरी ७ मा निःशुल्क स्वास्थ्य परीक्षणका साथै आयुर्वेदिक औषधि वितरण गरी पार्टीले अभियानको थालनी गरेको हो । अभियानको उद्घाटनका क्रममा सो वडाका वडाध्यक्ष देवनारायण चौधरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
डा सञ्जीव यादव, डा सुनिल मण्डल, डा ईश्वर अधिकारीलगायत स्वास्थ्यकर्मी परिचालित रहेको शिविरमा दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा आयुर्वेदिक औषधि वितरण गरिएको अभियानका वडा संयोजक जङ्गराज गिरीले जानकारी दिए ।
इटहरी वडा नम्बर ४ कमिटीले बुढीगंगा स्कुलमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट ३८५ जनाले लाभ लिएका छन । वडा नम्बर ४ को जिम्मेवारी पार्टीको नगर कमिटी अध्यक्ष बहादुर सिंह तामाङ्ग आफैँ रहका थिए ।
इटहरी उपमहानगरको वडा नम्बर ५ ले वृक्षारोपण र गोडमेल कार्यक्रम गरेको छ भने वडा नम्बर ६ ले विशेष अभियान अन्र्तगत निशुल्क सुगर रोगको परिक्षण गरेको छ ।
इटहरी वडा नम्बर १७ मा पकली उच्च मावि स्कुल सरसफाई गरेको छ भने अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । वडा नम्बर १८ मा चियापान र अन्तरक्रिया कार्यक्रम संगै अध्यक्षको लाइभ सम्बोधन हेर्ने व्यवस्था मिलाइएको थियो ।
उपमहानगरको वडा नम्बर १९ मा अध्यक्षको प्रत्यक्षमा मन्तव्य सुन्ने व्यवस्था मिलाइएको थियो भने अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो । यता वडा नम्बर २० ले बैठक भेला र पार्टी अध्यक्षको लाइभ सम्बोधन सुन्ने व्यवस्था मिलाइएको थियो ।


