सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अवैज्ञानिक, अस्वभाविक, अत्यधिक बुद्धि गरिएको कर विरुद्ध आम इटहरी नगरबासीहरुले विरोध गरौं अवैज्ञानिक करबृद्धि विरुद्ध जनताको तर्फबाट दबाब अभियान गरि अत्यधिक बृद्धि भएको कर विरूद्र अन्तरक्रिया कार्यक्रम गरेको सचेन नागरिक इटहरीका अध्यक्ष हेमराज दाहालले बताए ।
उपमहानगरपालिका कर घटाउन तयार नभएको भन्दै पार्टीको इटहरी नगर कार्यसमितिले उपमहानगरपालिकाको कार्यलय अगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विगतमा करदाताले छुट्टाछुट्टै शीर्षकमा धेरै ओटा कर तिर्ने गरेकोमा यस वर्षदेखि त्यस्ता सबै करहरूलाई एकीकृत गरी एकै ठाउँमा तिर्ने व्यवस्था गरिएकाले पनि करको रकम बढी देखिनु स्वाभाविक भएको उनीहरूको भनाइ छ ।

कोणसभा गर्दै रास्वपाले इटहरीको नागरिक समाज राजनीतिक दलहरूको दास भएको ठहर गरेको छ । केही समयअघि मात्रै रास्वपा प्रवेश गरेर कवि मनु मञ्जिलले कार्यक्रमलाई इटहरीमा रहेको नागरिक समाज राजनीतिक दलहरूको दास भएको टिप्पणी गरे । उनले इटहरी उपमहानगरले जनतालाई ढाड सेक्नेगरी बढाएको भूमिकरको विषयमा नागरिक समाज मौन भएको बताए ।
इटहरीका बुद्विजीवीहरूसहितको उपस्थितिमा रास्वपाले कोणसभा आयोजना गरेको थियो । रास्वपाका स्थानीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति रहेको थियो ।
रास्वपाले कर वृद्विको विरोध जनाउँदै गत साउन २५ गतेदेखि लगातार उपमहानगर अगाडि प्रदर्शन गरिरहेको छ ।


