सुनसरी / इटहरी उपमहानगरपालिकाले आज देखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने निर्णय गरे आज आइतबार  इटहरी उपमहानगरपालिकाले अनुगमन गरि बन्द गराउन सडकमा आएको छ ।


शुक्रबार इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको  इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।



आज देखि इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन पाङ्ग्रे (सिटि सफारी) हरूलाई व्यवस्थापन गर्न सुरू गरेको हो । बाटोमा जाम गरेको र दुर्घटना बढाएकोले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो ।अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।


इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने बाध्यता हटाउने निर्णय गरेको छ । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । IMG-20230903-WA0011