इटहरी / नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ ।
नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् ।
गत श्रावण १६ गरेका दिन ध्यानाकर्षण पत्र दिएपनि हालसम्म कुनै आधिकारिक धारणा उपमहानगरको तर्फबाट नआएको र करसमेत समायोजन नगरिएपछि नागरिक समाजको भूमिकामा समेत शंशय राखी नगरवासीबाट देखाइएको चासोप्रति गम्भिर ध्यानाकर्षण भएको पत्रमा भनिएको छ ।
नागरिक समाजले आइतबार बिहान इटहरी उपमहानगरपालिकालाई स्मरण पत्र बुझाएको हो । यसबाहेक आफूहरु विभिन्न राजनीतिक दल तथा उपमहानगरपालिकासँग कर समायोजनका लागि निरन्तर संवादमा रहेको अध्यक्ष भट्टराईले बताएकी छिन् ।


