पुर्वेली क्लब इटहरीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष झलक बनको अध्यक्षतामा सम्पन्न कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
समाजमा छरिएका पुर्वेली नागरिक एक भएर शिक्षा, स्वास्थ्य, वातावरणिय सामाजिक कामका साथै भाइचाराको सम्बन्ध कायम राख्ने उद्देश्यले स्थापना भएको सस्थाले स्थापनाको पहिलो बर्षमानै स्थानीय सरकार र बिभिन्न संघ संस्था सँग समेत सहकार्य गरि २५ ओटा भन्दा बढी सामाजिक कार्य गरेर समाजको मन जितेकोमा धन्यवाद ब्यक्त गर्दै स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्ने प्रमुख अतिथि लामाले बताउनुभयो ।

कार्यक्रममा समाजमा बिसिस्ट योगदान पुर्याउने र पुर्वेली क्लबमा सदस्य रहनुभएका सदस्य हरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको सचिब सरोज गिरीले बताउनुभयो ।

साधारणसभामा विशिष्ट अतिथि जनप्रतिनिधि बिस्वेस्वर पोख्रेल, होटल लज पर्यटन ब्यवसायी तेज बहादुर पुरी, समाज सेवि रमेश खत्री, देस बन्धु कार्की, केवल फुयाँल, साथै स्थानीय बुद्धिजीवी, समाजसेवी लगायत १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो



