इटहरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन आइतबार अन्तिम पटक म्याद थप गरेको छ ।


पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सूचना जारी गरी अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको उपमहानगरले जनाएको छ ।


यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।


टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।