दुहवी/ नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा वडा स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम  भएको छ । सो कार्यक्रममा वोल्दै नेकपा एमाले केन्द्रीय सदस्य, पुर्व मन्त्री भगवती चौधरीले नेकपा एमाले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएकोले अव एमालेको बिकल्प नरहेको वताउदै २०८४ संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो पार्टी वनाउनतर्फ आम कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।

नेकपा एमाले दुहवीनगर कमिटी वडा नम्वर ८ को आयोजनामा सम्पन्न कार्यक्रममा ३० जना बिभिन्न पार्टी मा आस्था राख्ने र स्वतन्त्र नागरिकले नेकपा एमाले बाहेक अरूबाट नागरिकले सभ्य समाजको कल्पना समेत गर्न नसकिने देखिएको भन्दै नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले जनताको बहुदलिय जनवादको अभ्यास गर्दै मुलुकलाई समाजवाद तर्फ लैजानुपर्ने वताउदै अपवित्र गठवन्धनको सरकारले मुलुकलाई धारासायी वनाउदै लगिरहेकाले सबै जनता एकवद्ध भएर लाग्नुपर्ने बताइन । अपवित्र गठबन्धन सरकारले बिकासको काम भन्दापनि आफ्नो कार्यकर्ता भर्ती गराउने गरी काम गरिरहेकाले त्यसको भण्डाफोर गर्दै एमाले अगाडी वढ्नु पर्ने उनको भनाइ रहेको थियो ।

IMG_20230905_135905

सो अवसरमा कोशी प्रदेश सभा सदस्य रोहित बहादुर कार्की पुर्व कोशी प्रदेश सभा सदस्य लिलम बस्नेत, प्रदेश कमिटी सदस्य अर्जुन गहतराज, जिल्ला कमिटी सदस्य सरोज गिरी, मिना देवि राई, नेकपा एमाले दुहवी इन्चार्ज सुसिल साह, नेकपा एमाले दुहवी अध्यक्ष बाबुराम बजगाईं, प्रेस चौतारी दुहवी संयोजक मित्र क्षेत्री लगायत वडा नम्वर ८ का पार्टी कमिटी, विभिन्न जनवर्गीय संगठन, मोर्चा कमिटी र सुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले दुहवी नगर कमिटि वडा नम्बर ८ को अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम सञ्चालन असोक केसीले गरेका थिए ।