सुनसरी / अखिल नेपाल महिला संघ इनरुवा सुनसरीले तिज विशेष कार्यक्रम २०८० सम्पन्न गरेको छ । इनरुवा ३ स्थित सखुवागाछीमा अनेमसंघको तिज विषेश कार्यक्रम सम्पन्न गरिएको हो । नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको महान चाड तिज विषेश कार्यक्रम गरिएको कोशी प्रदेश सभा सदस्य निरा खनालले बताउनुभयो  ।
FB_IMG_1693926268615
पार्टीका नेता प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आथित्यता तथा प्रदेश सभा सदस्य  निरा खनाल , रामप्रसाद मेहता र मिना श्रेष्ठको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको अनेमसंघ इनरुवा अध्यक्ष मनु चापागाईं ले  बताउनुभयो ।
FB_IMG_1693926262496
कार्यक्रममा पार्टीका नेता खेमराज पोखरेल, सहजादी प्रविण, पोष्टकुमार नेपाल, सरोज पोखरेल, इनरुवा नगरउपप्रमुख विनित कुमारी मेहता लगायत नेकपा एमाले बिभिन्न कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।