सुनसरी / नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ (क) सुनसरीले बीपी साहित्य सन्ध्या’ समापन गरेको छ । इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गणमा मङ्गलबार साँझ सो कार्यक्रम सम्पन्न गरेको हो ।


प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीको अवसरमा आयोजित साहित्य सन्ध्या कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवानले बीपी कोइरालाले राजनीतिकमात्र नभई साहित्यिक योगदान पनि पुर्‍याएको बताएका छन् ।


देवानले भने, ‘बीपी कोइरालाको राजनीतिक र साहित्यिक योगदान अतुलनीय रहेका, आजको पुस्ताले बीपी कोइरालालाई सम्झिनुको पहिलो कारण उनी कुशल साहित्यकार पनि हुन् ।’


तीन चरणमा आयोजित उक्त कार्यक्रमको पहिलो चरणमा कविहरू प्रज्ज्वल पराजुली, सुदीप पाख्रिन, सविता गौतम, टीका आत्रेय, रमेश सायनले दुईदुई कविता सुनाएका थिए भने कवि विवेक विवश रेग्मीले सहजीकरण गरेका थिए ।


कार्यक्रमको दास्रो चरणमा ‘साहित्यमा बीपी’ शृङ्खला समावेश भएको थियो । नेपाली काङ्ग्रेस इटहरीका सचिव मन्दीप भट्टराई र समालोचक रामजी तिम्सिना बीच संवाद भएको थियो । संवादका क्रममा तिम्सिनाले नेपाली काङ्ग्रेसले बल्ल बीपीलाई सम्झिएकोमा आफूलाई खुशी लागेको बताएका थिए । 


तेस्रो चरणका रूपमा ‘स्ल्याङ पोयट्री’ शृङ्खला रहेको थियो । कवि युवराज काफ्लेको सहजीकरणमा सञ्चालित उक्त शृङ्खलामा विभिन्न कविहरूले कवितावाचन गरेका थिए ।


हामिले विविलाई सधैव सम्झेने छौ , साहित्य हाम्रो महिमा हो । विपिलाई महा मानव भन्दा खुसि रहेको , विपि प्रती गुण क्षमता धेरै थियो जो मन मस्तिष्कमा बस्न सफल व्यक्ति भएको नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले बताए ।

701979d0ce63310d3ccea6a063f70910.0

कार्यक्रमको अन्त्यमा १ सय १० औँ बीपी जयन्तीमा सम्झनास्वरूप ११० मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना, विकास केसीलगायत शीर्षस्थ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । 


सो कार्यक्रममा कविहरूले आ-आफ्नो कविता सुनाएका थिए भने थारू जातिको सांस्कृतिक  नित्य समेत भएको थियो ।262931e7212f054264cae0df6ce9d0d2.0IMG-20230906-WA0007IMG-20230906-WA0005