सुनसरी / भाेजपुर नगरपालिका १२ टक्सार स्थित श्री कृष्ण जन्मष्टमीकाेअवसरमा भएको निशुल्क जलपान तथा रक्तचाप परिक्षण सेवा राष्ट्रिय युवा सघं नेपाल नगर कमिटी भाेजपुरले गरेको छ ।
नेपाल रेडक्रस साेसाइटि रक्तसंचार सेवा केन्द्र भाेजपुरकाे प्राविधिक सहयाेगमा १ हजार १ सय ११ जनालाई जलपान दिएको साथै ९७ जनाई लाई रक्तचाप परिक्षण कार्यक्रम राष्ट्रिय युवा सघ नेपाल नगर कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालले बताए ।
राष्ट्रिय युवा सघ नेपाल नगस कमिटी भाेजपुरका अध्यक्ष दिपेन दर्नालको अध्यक्षतामा युवा सघं नेपाल केन्द्रीय सदस्य बिमल रणपहेली बिमल रणपहेलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियोे । पार्टीका विभिन्न जिम्मेवाारीमा रहेका नेता , स्थानीय र मेलामा आएका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।
टक्सार एउटा ईतिहास र बिरासत बाेकेकाे कुराप्रति सबैमा सर्वबिदितै छ । टक्सारमा भएको ऐतिहासिक मेलाकाे मुख्य याेजना संस्कार र संस्कृतिकाे संरक्षण जगेर्ना गर्ने उदेश्यको राष्ट्रिय युवा सघं नेपाल नगर कमटि भाेजपुरकाे सानाे पहलको कार्यमा कार्य आयोजना गरिएको नगर कमिटी भाेजपुरका अध्यक्ष दर्नालले जानकारी दिए ।



