सुनसरी / कृष्ण जन्माष्टमीका अवसरमा मोरङको विराटनगरमा आयोजित रथयात्राका क्रममा विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिला छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


