इटहरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।
राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा दुई हजार बढीको सहभागिता रहेको थियोे ।
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा इटहरीको गौरवका रुपमा मनाइँदै आएको छ । विगतका वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष पनि मनाईएको छ ।
आज देशै भरि मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीको राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इटहरी चोक , आर्मी क्याम , इटहरीको बुढी खोला र पुन: इटहरी हुँदै पुन राधाकृष्ण मन्दिर परिसरमा पुगेर रथयात्राको बिसर्जन गरिने छ । रथयात्रामा लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।
रथयात्रालाई व्यवस्थित बनाउन, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यलय इटहरी , ट्राफिक प्रहरी कार्यलय इटहरी र सरोकारवाला निकायलाई जिम्मेवारी प्रदान गरिएको छ ।
विराटनगरको ऐतिहासिक रथयात्रामा नेपाल तथा भारतका गरी लाखौं भक्तजनले सहभागिता जनाएका छन् । यस्तै, धरान, इनरुवा, मोरङको सुन्दरहरैंचालगायतका ठाउँमासमेत रथयात्रा निकालिएको छ ।

विराटनगरको तस्बिर


