सुनसरी / नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा तेस्रो पुर्ण केन्द्रीय कार्य समितिको बैठकमा व्यावसायिहरूलाई उत्पेरण तथा व्यापार व्यवस्थापन सम्बन्धि इटहरीमा तालिम भएको छ ।
उत्प्रेरण तथा प्रभावकारी नेतृत्व र व्यवसायिक तालिम व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यापार व्यवसाय कसरी फस्टाउने , उजागर गर्ने , बजारबाट राम्रो आम्दानी लिने सम्बन्धि सातै प्रदेशका मुख्य व्यवसायीहरूलाई तालिम गराइएको थियोे । सो तालिम दुई दिन सम्म सञ्चालन हुने महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बताए ।
शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा महासंघ फ्याक्सन इन्चार्जसमेत रहेका टेकबहादुर वस्नेतले स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु आजको आवश्यकता भएको बताए ।
उनले व्यापार व्यवसायको क्षेत्र व्यापक बन्दै गएकोले संगठन विस्तारमा लाग्न महासंघलाई आग्रह गरे । उनले सामाजिक संगठनहरुमा पार्टीको विचारलाई पुर्याउन नेपाल उद्योग व्यापार महासंघ अग्रसर हुनुपर्नेमा जोड दिए ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजकुमार आचार्यले कार्यक्रममा ५० जना सहभागि रहेको जानकारी दिए । कार्यक्रममा महासंघकी केन्द्रीय उपमहासचिव गिता पौडेलले कविता वाचन गरेकी थिइन् । तालिममा विषय विज्ञहरु विनोद अर्याल र हरि भण्डारीले सहजीकरण गरिहेका छन् ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष दुष्यान्त भट्टराईले कार्यक्रमको व्यवस्थापनबारे जानकारी गराएका थिए । अर्का उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै महासंघ निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको पर्यटकीय कार्यक्रम गर्न लागिएको जानकारी गराए । कोशी प्रदेशसभाकी निवर्तमान उपसभामुख सरस्वती पोखरेलले कार्यक्रम सफलताको शुभकामना दिएकी थिइन् । 


