इटहरी / कर वृद्धिको विरोध गर्दै नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । 


चरणबद्ध आन्दोलन घोषणा गरेपछि नागरिक समाज इटहरीले आज उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजले माग गरेको छ । 


मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए । इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको, आम नगरवासीलाई त्यसले समस्यामा पारेको भन्दै नागरिक समाजले आन्दोलन सुरु गरेको हो । 


 वृद्धि भएको कर घटाउन पटक पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै समाधान ननिस्किएपछि आन्दोलनमा उत्रनु परेको नागरिक समाजले जनाएको छ । समाजले शनिवार इटहरीमा सर्वपक्षीय भेला राखेको छ । FB_IMG_1694165059219