दुहवी / हेल्पिङ यूथ सुनसरीको आयोजनामा दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हेल्पिङ युथ क्लवका अध्यक्ष बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका खतिवडा पोख्रेल हुनुहुन्थ्यो ।
त्यस्तै बिशिष्ट अतिथिमा पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , पत्रकार महासंघ कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सुनसरीलाइ केन्द्र बनाएर सन्चालनमा रहेका मिडियाहरु विराट टेलिभिजन , कोशी प्रेस अनलाईन , सञ्चारलय अनलाईन, पुर्वी हटलाइन , नेपाल रेखा अनलाईन, कोचिला एफएम दुहवी लगायतका मिडिया हरुको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजक प्रेस चौतारी दुहवी संयोजक मित्र क्षेत्रीले बताउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा युवाहरु सँग सञ्चार क्षेत्रमा रहेको अवस्था तथा चुनौतिका सामाजिक तथा राजनैतिक ब्यक्तित्व रामप्रसाद राई,रमेश बाबु थापा, ले आफ्नो धारणा व्यक्त गरेका थिए । युवाहरुले पत्रकारिता क्षेत्रमा के कस्तो अपेक्षा र धारणा राखेका छन् भन्ने कुराको सम्बन्धमा छलफल गरिएको गरी समाजमा भएका विकृति, विसङ्गति, तथा समस्याका बारेमा उजागर गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनोज निरौलाले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी युवा हरुले पछिल्लो समय बिभिन्न क्षेत्रमा पत्रकारको परिचयपत्र बोकेर जनतालाइ धम्क्याउने, सत्य तथ्य भन्दा पनि आफु अनुकुल समाचार बनाउने भएकोले पत्रकार महासंघले यस्तो पत्रकारिता लाइ नियन्त्रण गर्न आग्रह गरेका छन् ।
तालिमलाई सम्बोधन गर्दै प्रमुख अथिति दुहवी नगरपालिका उप प्रमुख मेनुका पोखरेलले हरेक क्षेत्र समस्याहरूको चुनौती खेप्दै अगाडि बढ्नु पर्ने र चुनौतीसंग जुद्धै अघि बढ्नुपर्ने र पत्रकारीता पनि समाजको चौथो अंग भएकाले सम्मानित हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सन्चारकर्मी सन्जय चौधरी, प्रेमप्रसाद गिरी साथै सामाजिक ब्यक्तित्व दिनेश काफ्ले, सन्देश चौधरी , जीवन थापा, रामप्रसाद राई,लगायत व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
युवाहरु संग सञ्चार क्षेत्रमा रहेको समस्या तथा चुनौतीहरूको बारेमा धारणा प्रस्तुत गरिएको थियो । पछिल्लो समय पत्रकारीताको क्षेत्र खस्किदै गएकाले युवाहरू लगनशील तथा जुझारू हुनुपर्ने बताईको थियोे ।
बिशिष्ट अतिथि पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीले उपस्थित युवा साथै बिभिन्न सामाजिक संघ संस्था तथा राजनितिक दलका प्रतिनिधिको जिग्यासा तथा प्रस्नोत्तरमा सहजिकरण गर्नुभएको थियो ।


