राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अरुण गुरुङलाई चयन गरेको छ । गुरुङ यसअघि प्रदेश संयोजक थिए । उनैको सभाध्यक्षतामा पहिलो अधिवेशन सम्पन्न भएको छ ।
धरानस्थित लांघाली सामुदायिक वनस्थित सभाहलमा सम्पन्न अधिवेशन सम्पन्न भएको हो । हिजो नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अधिवेशनको उद्घाटन गरेका थिए ।


