भोजपुर/ कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले हतुवागढीको चुहार पुल अनुगमन गरेकी छन् ।
भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका- ९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको सो पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका बिभिद विषयमा सोमबार कोसी प्रदेश सामाजिक बिकास राज्यमन्त्री सिर्जना राई तथा कोसी प्रदेश निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण र इन्जिनियर लक्ष्मीप्रसाद सापकोटा साथै ( LRBP) का प्रतिनिधि सहितको टोली लिएर स्थलगत अनुगमन गरिएको थियोे ।
हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई वडा ९ का अध्यक्ष संजाल राई र वडा १ का अध्यक्ष कुमार विष्ट लगाएत हसनपुर सुनसरी सम्पर्क मञ्च का प्रतिनिधि स्थानीय बुद्धिजीवी को उपस्थिति थियो ।
कोशी प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समय यहीँ २०८० असोज १३ गतेभित्र सम्पन्न हुनु पर्ने छ ।
पुल २०७७ असोजमा शिलान्यास भएको हो । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको तथा छिमेकी वेलका उदयपुरको सम्म आर्थिकरुपमा विकासमा टेवा पुग्ने अध्यक्ष प्रेमकुमार राईले बताए।


