सुनसरी / नेकपा एमाले इटहरी उपमहानगरपालिकाको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा कम्युनिष्ट पार्टी(एमाले) इटहरी उपमहानगरपालिका कमिटीले सोमबार नेकपा एमाले पोलिटब्यूरो सदस्य, सुनसरी इन्चार्ज तथा पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नगर स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरि इटहरीका एमालेका कार्यकर्ता तथा प्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।
कोशी प्रदेशका सांसद तथा नेकपा एमालेका जिल्ला कमिटी सुनसरीका अध्यक्ष रेवती रमण भण्डारीले समृद्ध नेपाल सुखी नेपाली निर्माण अभियानमा पार्टीले खेलेको र खेल्नु पर्ने भूमिकाको विषयमा एमालेका प्रतिधिनिलाई जानकारी दिएका थिए ।
उपमहानगरपालिका नेकपा एमालेका प्रतिनिधि राम कोईरालाले कम्युनिस्ट पार्टीको इतिहास आन्दोलन र उद्देश्यहरूको विषय जानकारी दिएका थिए । वर्गीय पक्षधरता, क्रान्तिकारी चरित्र, सामाजिक परिवर्तनको उद्देश्य र समाजवादको लक्ष्य जस्ता विषय उनले जानकारी दिए ।
एमालेका अर्का प्रतिनिधि जगदिश प्रसाद कुसियत कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई आचरण, शैली र व्यवहारको विषयमा जानकारी दिए । कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले १०औं राष्ट्रिय महाधिवेशनले पारित गरेको निती, कार्यक्रम र कार्यदिशा र नेकपा एमालेको अन्य राजनितिक दलहरुसंग को अन्तरसम्बन्ध विषयमा प्रधिनिधि तथा कार्यकर्तालाई जानकारी दिएका थिए ।
त्यस्तै एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले महिला हिंसा न्युनिकरण गर्न संगै, बृद्धवृद्धा, अशक्त, असहाय हरुको सहारा भएकोले अव एमालेको बिकल्प नरहेकोले सबै नेता कार्यकर्ता एक भएर पार्टीलाइ अघि बढाउन पर्ने बताइन् ।
इटहरी उपमहानगर कमिटी अध्यक्ष याम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला कमिटि, प्रदेश कमिटी र नगर कमिटीका सैयौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन इटहरी उपमहानगर कमिटी सचिव रूपेश बस्नेतले गरेका थिए ।


