काठमाडौं /नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।
नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो। उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो।
एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो सरकारले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ।


