सुनसरी / इटहरीको सामुदायिक क्याम्पसहरू मध्य विद्यार्थीको माझ पढाइमा निकै परिचित जनता बहुमुखी क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।


जनता बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षक बढेको हुँदा यस क्याम्पसले कक्षा ११ मा अध्यन गर्ने नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । जसमा दुई सयबढी विद्यार्थीलाई उक्त कार्यक्रममा स्वागत गरेको हो ।


सो कार्यक्रममा कक्षा ११ , १२ स्नातकतह का विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए  । सांस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र समेत आयोजकले दिएको छ । कार्यक्रममा जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिकास केशीको प्रमुख आथित्यतामा कार्यक्रम सुरू भएको थियोे ।


जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य बिकल रेग्मी , स्ववियु सभापति सहदेव काफ्ले , कार्यक्रमका सभापति पुकार बस्नेत र कक्षा ११ ,१२ विद्यार्थी , स्नातहकका विद्यार्थी लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

1694443899495