सुनसरी / भोजपुरको पौवादुङ गाउँपालिकाले पातलो प्लाष्टिक झोला बिक्री वितरणमा निषेध गरेको छ ।
गाउँपालिकाले एक सुचना जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख भए अनुसार प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ मा व्यवस्था भए बमोजिम गाउँपालिका भित्र ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला विक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध गरीएको छ ।
सूचनालाई बेवस्था गरी उक्त कार्य गरेको वा गराएको पाईएमा कानुन बमोजिम कारबाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । पछिल्लो समय गाउँपालिकाले गाउँलाई विकासका काममा अगाडि बढाउने र व्यवस्थित बनाउन अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।


