मोरङ / मोरङको बेलबारी नगरपालिका - २ मा रहेको शिक्षा सन्देश ईस्कुलका बालक्लबको अध्यक्षमा रिचन तिम्सिना चयन भएका छन ।
कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुको भेलाले २५ सदस्यीय बाल क्लब गठन गरेको हो क्लबको उपाध्यक्षमा स्वोचना तामाङ,सचिबमा निश्चल पौडेल,सहसचिबमा आस्था तामाङ,कोषाध्यक्षमा आयुषा काफले र सहकोषाध्यक्षमा अजय राई चयन भएका छन् ।
नबनिर्बाचित अध्यक्ष तिम्सिनाले बाल क्लबको माध्यायमबाट बिद्यार्थाीहरुको हक हितका साथै उनीहरुको सर्बाङिगण बिकासका लागि महत्वपुर्ण कामहरु गर्ने बताए ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले बिद्यालयमा पहिलोपटक बाल क्लब गठन भएको र बालक्लबका माध्यायमबाट बिद्यार्थीहरुलाई हरेक क्षेत्रमा अझ अघि बढन सहज हुने बताए ।


