काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको बिरोधमा प्रदर्शन गरेको छ।


बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।


सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट शुरु भएको बिरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ ।