सुनसरी / कुशै औँसी अर्थात बुबाको मुख हेर्न दिनका अबसरमा बिहिबार बेलबारी जेसिजले सयौँ बुबा आमाको मुख हेरेको छ ।
बेलबारी १ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित ज्येष्ठ नागरिक सँग बेलबारी जेसिज नामक कार्यक्रम आयोजना गरेर बृद्धबृद्धाहरुको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) ले बताए ।
कार्यक्रम संयोजक जनम नेपालको संयोजकत्व र महासचिब पुष्पक सुवेदी (सियोम) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा,शेषराज घिमिरे,बेलबारी वडा नम्बर १ का अध्यक्ष मणि पुलामी मगर लगायतले शुभकामना मनतब्य राखेका थिए ।


