इटहरी / लायन्स क्लब अफ इटहरी ग्रिन सिटी , लायन्स क्लब अफ इटहरी इनोभेसन , लियो क्लब अफ इटहरी ग्रिन सिटी र लियो क्लब अफ इटहरी इनोभेसनको संयुक्त पदस्थापन कार्यक्रम इटहरी लायन्स भवनमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ इटहरी ग्रिन सिटीका अध्यक्ष दिलिप पराजुली र लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डिल्लीराम वाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०२३/०२४   अध्यक्षका लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीमा हेमा तमु गुरुङ र लायन्स क्लब अफ इटहरी इनोभेसनका लागि पदम कुमार लुङगेलिलाइ पदस्थापन गरेको छ ।

IMG_20230915_180413

त्यस्तै लियो क्लब अफ इटहरी ग्रिन सिटी अध्यक्ष कृष्ण थापा र लियो क्लब अफ इटहरी इनोभेसन अध्यक्ष सुदन घिमिरेले वर्ष २०२४/०२५ का लागि लियो क्लब अफ इटहरी ग्रिन सिटी अध्यक्षमा प्रनिसा रिजाल र लियो क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा पारस खतिवडालाई पदस्थापन गरेको छ  ।                                                   IMG_20230915_172217

कार्यक्रमको सहजीकरण पहिलो सेसनमा सरोज श्रेष्ठ ले गर्नुभएको थियो भने दोस्रो सेसनमा रबिन न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्य प्रस्तुति र आगामी योजनाबारे आफ्ना कार्ययोजना प्रस्तुत गरिएको थियो ।

डिस्ट्रिक गभर्नर बिजय हरि सर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नि वर्तमान गवर्नर धिरज गुरुङ का साथै फस्ट भाइस गभर्नर बिकास अधिकारी, सेकेन्ड भाइस गभर्नर बबर्जङग थापा, 

IMG_20230915_180403

पास्ट डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्की, क्याबिनेट सचिब लिला प्रसाद चिमरिया र क्याबिनेट कोसाध्यक्ष्य अनुजा कोइराला लगायत बिभिन्न लायन्स क्लब का सदस्यहरूको साथै बिभिन्न क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।