सुनसरी / दुहबीमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरविद्यालयमा वक्तृत्वकला प्रतियोगिता“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ५९ औँ बाल दिवस २०८० को अवसरमा दुहबीमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता भएको छ । 

भदौ २९ गते देशैभर मनाइने ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा, दुहबी नगरपालिका  –५ स्थित  सरस्वती माध्यमिक विद्यालयमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभवृद्धि एटुजेड परियोजना –२ को सहयोगमा एक्टिभ नेपाल विराटनगर र दुहबी नगरपालिका सुनसरीको सङ्युक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । 

कार्यक्रममा  दुहबी नगरपालिकाका उप–प्रमुख मेनुका पोखरेल खतिवडाको प्रमुख आतित्थ्यतामा  कार्यक्रम भएको थियो । दुहबीका १० बढी विद्यालयका  १७ जना विद्यार्थीहरूले आ–आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए । 

वक्तृत्वकला प्रतियोगितामा बाल बिवाह समस्या समाधनका लागि कानुनी प्रावधान भन्ने शीर्षकमा विद्यार्थीहरूले आ–आफ्नो  भनाइ प्रस्तुत गरेका थिए । जसमा सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी भारती खत्वे पहिलो , दुहवी चिल्ड्रेन एकेडेमीका सम्झना यादव दोस्रो ,  जनता मावीकी  सुस्मीता उराव तेस्रो  स्थान ओगट्न सफल भइन् । १२ जना सहभागी विद्यार्थीहरूलाइ प्रमाण पत्र वितरण समेत गरिएको थियोे । 

हरेक बर्ष बाल दिवस  आउने भएकाले यस नगरपालिकाले पनि बाल दिवस मनाउँदै आएको छ ।  बाल दिवसका अवसरमा जनचेतनाका कार्यक्रम , विद्यार्थीलाई ज्ञानका कुरा सिकाउदै , नगरपालिकाले शिक्षा स्वास्थलाई पहिलो प्राथमिकता दिएको दुहबी नगरपालिकाकी उप – प्रमुखले बताउनु भयो । 

बालबालिकाका लागि पनि दुहबी नगरपालिकाले योजना लिएर अगाडि बढेको छ । उहाँले शिक्षामा ध्यान दिन विद्यार्थीलाई अनुरोध समेत गर्नु भएको थियो । कार्यक्रममा सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यपक तेजप्रसाद तिम्सिना , सरस्वती माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रह्मप्रकाश रौनियार  , अतिथिहरु नीलमणि खनाल , शिक्षक वर्ग, एक्टिभ नेपालका कर्मचारी , प्रतिनिधी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।IMG_20230915_191113 1