सिताराम चन्द्रवंशी ( समीर )
सुनसरीको बराहक्षेत्र नगरपालीका वाड न. १० प्रकासपुरको डाेवर इङलिस एकेडेमीले बिबिध कार्यक्रम गरी बालदिवस मनाएको छ । बालदिवसको अवसरमा भएको कार्यक्रममा बिध्यालय द्वारा एस इ इ सुनसरी उतकृष्ठ दिक्षित तिम्सिनालाई सम्मान गरि प्रसंशा पत्र र नगद रु ५००० प्रदान गरेको छ। यश बर्ष प्रकासपुर डाेवर इङलिस एकेडेमी बाट एस .इ.इ. परिक्षा मा ३.९५ जि .पि.ए ल्याउन सफल भएका तिम्सिना सुनसरी जिल्लामै उत्कृष्ट बिध्यार्थी भएको प्राध्यानध्यापक टंक बिष्टले बताउनुभयो ।
२०६७ साल मा स्थापन भएको यस बिध्यालयमा ८ सय भन्दा बढी बिध्यार्थी नर्सरी देखी १० सम्म अध्यनरत छन् । अनुभवी, दक्ष , योग्य युवा समुह बाट संचालित यस एकेडेमिले बिगत लामो समय देखि सर्बसुलभ शुल्कमा शिक्षा प्रदान गर्न भएको हुनले अभिभावकको पनि मन जित्नसफल भएको स्थानिय रमेश कार्कीले बताउनुभयो। बराहक्षेत्र नगरपालिका , भोक्राह नरसिंह गाउँ पालिका विद्यार्थीहरु अध्यानरत छन् भनी एकेडेमी निर्देशक रबिन कुमार घिमिरेले बताउनु भयो ।

यस एकेडेमिमा बिगत लामो समय देखिनै अतिरिक्त कृयाकलपम सरिक हुँदा आइरहेको छ। जस अन्तर खेलकुद , करियर काउन्सिलिन , ब्याक्तित्व विकास सम्बन्धि तालिम संचालन , परियोजना कार्य , क्षेत्र आवलोकन , प्रयोगात्मक कक्षा सन्चालन ,जस्ता कार्य गर्दै आएको शिक्षक लोकेन्द्र बुढाथोकीले जानकारी दिनु भयो ।
आर्थिक रूपले कमजोर र विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति समेत घोसणा गर्दै उत्कृष्ट बिध्यार्थीलाइ पुरस्कार अतिथि लाइ मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरेको छ याहाँ अध्यापन गर्ने विद्यार्थीको ब्यावहारमा परिवर्तन भए सगै आदर संस्कार , ब्यावहारीक शिक्षा , ज्ञान् लगाएत गुणस्तरीय शिक्षा मा निकै जोड दिएको पाइन्छ ।
सहि समयको सदुपयोग गर्दै बालबालिकाको चाैतर्फी बिकास गर्न र सामाजिक परिवेशको गतिविधि बुझ्न् यो एकेडेमि निकै प्रभाबकारी मानीन्छ । सिकारु बालबालिकाको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन र अन्नय अतिरिक्त कृयाकलपमा अग्रसर रहेको र प्रभाबकारी बनाउन तत्पर रहने प्राध्यानध्यापक टंक बिष्टटले बताउनु भयो।


