सुन्दरहरैंचा / राष्ट्रिय निजि तथा आवासीय एसोसिएसन नेपाल ( एनप्याबसन) को छैटौं मोरङ जिल्ला अधिवेशनबाट नारायण प्रसाद ढकाल निर्वाचित भएका छन्।
ढकालले प्रत्यासी अध्यक्ष पदका उम्मेदवार गोबिन्द बस्नेतलाई ४२ मतान्तरणले बिजयी भएका छ्न । उनी कुल ४७ मत ल्याएका थिए भने बस्नेतले ५ मत मात्र प्राप्त गरेका थिए। निर्वाचन प्रणालीमा जादाँ जम्मा मतदाता संख्या ८३ बिद्यालयका प्रतिनिधि भएपनि ५३ प्रतिनिधिले मतदान गरेका थिए। एक मत बदर भएको निर्वाचन समति सदस्य कमल खनालले जनाएका छन।
त्यसैगरी सचिब पदमा पराग ढुंगानालाई पछि पार्दै भनिरुद्र चौधरी , कोषाध्यक्षमा राजेश कार्कीलाई पछि पार्दै थिर प्रसाद आचार्य र सह कोषाध्यक्षमा प्रकाश कार्कीलाई पछि पार्दै गोपाल सरदार निर्वाचित भएका छ्न।
अर्को तर्फ उपाध्यक्षमा दिप चौलागाईं र इन्द्र नारायण साह, स-सचिवमा बेदनाथ खतिवडा र सदस्यहरुमा पर्वत राई, जितेन्द्र कुमार माझी , सृजना कट्टेल, इभान भट्टराई, लिलाबलल्भ गिरी, सोमानाथ नेपाल, निर्दोष साह, सपन माझी , बिजय कुमार माझी , निल प्रसाद फुयाल, मोहमद हसिम निर्बिरोध निर्वाचित भएका छन।
उक्त अधिवेशन सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको पानस पार्टी प्यालेसमा २ दिन्न सम्म चलेको थियो। अध्यक्ष पदमा सहमति हुन नसक्दा निर्वाचन प्रणाली अनुसार अघि बढेको थियो।


