मोरङ / जुन दिन सबैभन्दा बढी गर्मी हुन्छ,वा बिद्युतको आबश्यकता पर्छ त्यहि दिन दिनभर बिद्युत काटिन्छ वा दिएपनि छिनछिनमा झयाप्प झयाप्प काटिन्छ ।


 अनियमित बिद्युत कटौतिका कारण यतिबेला बेलबारी र आसपासका उपभोत्ताहरु हैरान भएका छन । प्रायजसो हरेक शनिबार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मर्मतका नाममा बिद्युत कटौति गरिन्छ । त्यसपछि बिना सुचना ५- ५ मिनेटमा बिद्युत काटिन्छ ।


 त्यसको न त सूचना प्रबाह गरिन्छ न त कुनै सेवाग्राहीलाई जानकारी नै गराईन्छ । बिगत ६ महिना यता बेलबारी र आसपासका क्षेत्रमा बिद्युत अनियमित तरिकाले कटौति गर्ने गरिएको छ । उपभोत्ताहरुले बिद्युत के कारणले कटौति भएको भन्ने समेत जानकारी पाउँदैनन ।


नेपाल बिद्युत प्राधिकरण बेलबारी बितरण केन्द्रले सो बारेमा जिज्ञासा राख्दा गैरजिम्मेवार जवाफ दिने गरेको छ । बेलुकाको समयमा लोड बढी भएका कारण बिद्युत आफै कटौति हुने र मर्मतका लागि समय लागने हुँदा यस्तो समस्या भएको गैरजिम्मेवार जवाफ दिने गरेको छ । अघोषित   रुपमा लोडसेडिङ नै भईरहेपनि बितरण केन्द्र  स्वीकार गर्दैन ।


बेलबारी बितरण केन्द्रले सञ्चालन गरेको सामाजिक सञ्जाल फेसबुकमा समेत जानकारी दिने तर उपभोत्ताले कमेण्ट गर्न नपाउने गरी कमेन्ट बक्स ब्लक गरिएको उपभोत्ताहरुको गुनासो छ । कार्यलयको टेलिफोन नम्बर समेत नउठने र सामाजिक सञ्जालमा समेत जानकारी उपलब्ध नदिने गरेको भन्दै उपभोत्ताहरु आक्रोशित बनेका छन ।