इटहरी / नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व हरितारिका अर्थात् तिज इटहरी लेडि जेसिजले सांस्कृतिक कार्यक्रम आयोजना गरि मनाएका छन् ।
इटहरी लेडिज जेसिजले इटहरीको पश्चिम लाईनमा तिज विशेष कार्यक्रम गरेका थिए । कार्यक्रममा तिजको ब्रत बसे पनि महिलाहरुले उत्साहजनक रुपमा नाचगान गरेर रमाइलो गरेका थिए ।
तिजका अवसरमा विहानै देखि पुजा अर्चनाका लागि शिवालयहरुमा भक्तजनहरुको भिड लागेको देखिन्थ्यो । कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख अतिथ्यमा रहेको थियो । इटहरी लेडि जेसिजकी अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षता तथा कार्यकारी उपाध्यक्ष रीता राउतको संयोजकत्व रहेको थियो । कार्यक्रममा विशिष्ट अथिति उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको रहेको थियोे ।
देवकालिन समयमा पार्वतीले महादेवलाई पति पाउ भन्दै कठोर वत्र वसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै वत्र वस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित वत्र वस्ने गरेका छन् ।


