मोरङ / जिल्ला कारागार मोरङका एकजना कैदीको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ८ मा रहेको कारागारमा शुक्रबार बिहान कैदीको मृत्यु भएको हो । चोरी मुद्दामा कैद सजाय भोगिरहेका मोरङको कानेपोखरी गाउँपालिका २ दलेलीका २१ वर्षीय अजय सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार कोसी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा (शुक्रबार) बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई जनाएको छ ।


