धरानमा 'International Day of Peace' - 2023 को उपलक्ष्यमा युनिभर्सल पीस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । असोज ३ गते बुधबार धरान १२ स्थित होटल स्टार पूर्वीमा सम्पन्न कार्यक्रमा विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएके थियो । 

विश्व शान्तीका लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो आफ्नो धार्मिक पाठ गर्दै एकै ठाँउमा जल धारा दिएको थिए । हिन्दु धर्मबाट सुर्य भण्डारी, वैदिक सनातन धर्मबाट गुरु अधियज्ञ गौरङ्गा दास, ब्रम्ह कुमारी राज योग सेवा केन्द्रबाट नानी मैया दिदीज्यू, बौद्ध गुरु जिग्मे गुरुङ्ग, किरात धर्माबाट दिनेश लिम्बू, क्रिष्टियन पास्टर महेश राजवंशी, प्रेमबाद गुरु सुमन राई लगायतका धर्म गुरुहरुको सहभागीता रहेको थियो । 

1695456584519

कार्यक्रममा सवै धर्म सम्प्रदायबाट प्रतिनिधित्व गर्दै नानी मैया दिदीज्यू्ले सवै धर्महरु बीच सद्भाव हुन सके मात्र मानव हित हुने कुरा बताएकी थिइन । प्रमुख अतिथि व्लाष्ट टाई्रम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राज कुमार कार्कीले समाजमा एक आपसमा सद्भाव कायम राख्न धार्मिक सद्भाव हुनुपर्ने कुरामा जोड दिएका थिए ।

    संयुक्त राष्ट्रसंघले हरेक वर्ष Sept.21 को दीन मनाउने 'International Day of Peace' को उपलक्ष्यमा यो कार्यक्रम आयोजना गरिएको 

कार्यक्रममा धरान तथा आसपासका शान्तीदुत, मिडियाकर्मी, धर्म गुरु तथा सामाजिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन गर्दै यूपीएफका राम बहादुर लिम्बुले यस किसिमको धार्मिक सद्भाव कार्यक्रम आजको आवश्यकता भएको बताउनु भएको थियो ।