संखुवासभा / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि संखुवासभाका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भइसकेका छन् ।
एमाले प्रदेश कमिटीको अधिवेशनमा खादबारी नगरपालिकाबाट मुरारी प्रसाद खतिवडा , जित बहादुर घिमिरे , सुमन श्रेष्ठ , नेत्र रेग्मी , भविश्वर गुरुङ , राजेन्द्र थापा , यस्तै महिला तर्फ राधा खनाल , सुन्दरी खतिवडा , चेत कुमारी कटुवाल प्रतिनिधि चयन भएका एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य दिनेश राज अधिकारीले जानकारी दिए ।
चैनपुर नगरपालिकाबाट तुलसी प्रसाद न्यौपाने , विरेन्द्र के शी , भरत खत्री , भरत खड्का ,सुर्य दाहाल , गोपाल श्रेष्ठ चयन भएका छन् ।
यस्तै महिला तर्फ बाट हेमकुमारी चौहान , कमला श्रेष्ठ शान्ति कटुवाल , मादी नगरपालिकाबाट विदुर कुमार लिंथेप टंक दाहाल , पृथक पाठक यस्तै महिला तर्फबाट सुनिता दाहाल चयन भएका छन् ।
धर्मदेवी नगरपालिकाबाट भिम लिंखा ,सुर्य बहादुर पौडेल , महिला तर्फ अम्बिका खवास चयन भएका हुन् । पाँचखपन नगरपालिकाबाट हिन्दुकुमार राई र उषा पाेख्रेललाई चयन गरेकाे हाे । भोटखोला गाउँपालिकाबाट सुबस भोटे, प्रतिनिधि चयन भएका छन् । यस्तै चिचिला गाउँ पालिकाबाट लोक बहादुर घले, अधिबेशन प्रतिनिधि चयन भएका हुन्।
यस्तै मकालु गाउँपालिकाबाट ज्ञानेन्द्र गुरुङ ,सिलिचोङ्ग गाउँपालिकाबाट नर भुपाल राई मेनका राई , सभापोखरी गाउँपालिकाबाट विपिन तामाङ तिर्थ, भट्टराई, बद्री सापकोटा महिला तर्फबाट नरमाया तामाङ मजदुर तर्फबाट पर्शुराम रिजाल , यस्तै दलितबाट खड्ग बि क रिता संखर प्रतिनिधि छनौट भएका छन् ।
शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा संखुवासभा जिल्ला इन्चार्ज जीवन घिमिरेले चयन भएका सबै प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनमा संखुवासभा जिल्लाबाट ३९ जना प्रतिनिधि छनौट भएका हुन् ।


