विराटनगर / कोशी प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नियुक्त गरेका थप चार जना मन्त्रीले सोमबार शपथ लिएका हुन् । 


मोरङबाट निर्वाचित प्रदेश सांसद  लिलावल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, धनकुटाका निरन राई र  सुनसरीका राप्रसाद मेहतालाई मन्त्री नियुक्त गरेका छन् । 


अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, राजभण्डारीलाई खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री,  महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।