नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिव पदमा लक्ष्मण तिवारीले उम्मेदवारी दिने भएका छन् । असोज १२ र १३ गते  हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको तिवारी ले बताएका छन्। नेकपा एमाले कोशी प्रदेश कमिटी संस्थापक सदस्य हुँदै सचिवालय सदस्य, २०७३ देखी २०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष समेतको जिम्मेवारी कुसलता पुर्वक समालेका थिए । नेता तिवारी सँग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ । उनीले कोशी प्रदेशकाे पर्यटन मन्त्री हुदाँ छोटो समयमै पर्यटन  क्षेत्रमा आफ्नो कुसल नेतृत्व देखाएको पर्यटनकर्मि उमानाथ दाहाल बताउँछन् ।

नेता तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सङ्गम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई प्रचार प्रसार गरेर चिनाउने काम गरे । अहिले यो क्षेत्र नेपाल र भारत मात्र नभएर तेस्रो मुलुकका नागरिकका लागि चर्चित पर्यटकीय गन्तव्यको रूपमा कहलिएको छ । तिवारीकै पहलमा टिएमजे क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख १ सय पर्यटकीय गन्तव्य सुचीमा समेटेको छ ।

०४२ सालमा मैवाखोला मावि ढुङेसाघु ताप्लेजुङ बाट अनेरास्ववियु प्रारम्भिक कमिटीको उपाध्यक्ष भएर वामपन्थी राजनीतिमा होमिएका तिवारी ०४४ सालमा हात्तीसार क्याम्पस धरानको अनेरास्ववियु प्रारम्भिक कमिटीको उपसचिवमा निर्वाचित भए । ०४८ सालमा आरआर क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँमा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य भएर काम गरे । तिवारी ०५१ सालमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमको अध्यक्ष भएका थिए । तिवारीले ०५४ सालमा जिविस सदस्य निर्वाचित भएका थिए ।

तिवारीसँग जलविद्युत र बैङ्किङ क्षेत्रको समेत अनुभव छ । तेह्रथुम जिल्लाको विकास र समृद्धिको अगुवाइ गर्ने नेताका रूपमा चिनिएका तिवारीले आफ्नो उम्मेदवारीले पार्टीलाई स्थानीय तह देखी प्रदेश हुँदै केन्द्रीय राजनीतिमा समेत जोड्ने बताए ।