नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ।

शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीलगायतका शिर्ष नेताहरु विराटनगर आएका छन् । उनीहरूले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।

IMG_20230929_135932