विराटनगर / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अध्यक्षका उम्मेदवारहरुसँग उपाध्यक्षको पनि चर्चा चलेको छ ।
नेताहरुले अध्यक्षको दाबी गरिरहेका टिकाराम चेम्जोङलाई मनाएर उपाध्यक्ष बनाउने प्रयास गरेका छन् । यदि उनी उपाध्यक्ष मानेमा अरु पदभन्दा यसमा सर्वसम्मत हुने बढी सम्भावना छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।
त्यस्तै तेह्रथुमका किशोरचन्द्र दुलाल र झापाका हिरा थापाले पनि उपाध्यक्षमा दाबी गरेको एमाले नेताहरुले बताएका छन् । प्रदेशमा स्थायी कमिटीका नेताहरु शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नी खरेल, हिक्मत कार्की, डा. शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरु सबै पदमा सर्वसम्मत गर्ने लाइनमा उभिएका छन् ।


