विराटनगर : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै नेता पोखरेलले सहमतिको प्रयास गरेर नेतृत्व चयन गर्न सुझाव दिएका हुन् ।
एमालेलाई कमजोर बनाउन अहिले चौतर्फी घेराबन्दी भइरहेको बताउँदै उनले कोशी प्रदेशबाट एकताको सन्देश दिन पार्टीका कार्यकर्तालाई सुझाव दिएका छन् ।
उनले भने, ‘सहमतिका साथ नेतृत्व चयन हुनुुपर्छ । पार्टीलाई बचाउन त्याग गर्नुपर्छ ।’
सहमतिका साथ नेतृत्व चयन हुन नसके गुटबन्दी गर्न नपाइने उनले बताए । कोशी जातीय विविधताले भरिपूर्ण भएको प्रदेश भएकाले सोहि अनुरुप समावेशी ढंगले नेतृत्व चयन हुनुपर्ने उनले बताए ।
यस्तै उनले एमाले अब मिसन ८४ मा लागेको बताए । उनले एमाले एक्लै बहुमत ल्याएर मुलुकमा स्थायित्व बनाउन मिसन ८४ अघि सारेको बताए ।


