विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण बिना काम खर्च भएको बताएका छन् ।
प्रधानमन्त्री विदेश गएर केही गरेन् , खर्च मात्र गरेको टिप्पणी गरे । अहिलेको सरकार जनताको आँसु निकालिएको छ । सरकार उकुसमुकुसमा छ , सरकार चुप छ । शिक्षक प्रदशर्दनमा छन् , चिकित्सक प्रदर्शनमा रहेको बताए ।
आज उनले सो अधिवेशनको उद्घाटन गरेका हुन् । दुई दिन सम्म चल्ने छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी रहेका अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए ।
निर्वाचन र मिसन ग्रास रुट जस्ता कार्यक्रमले गर्दा अधिवेशन पछि सरेको जानकारी थियोे । अधिवेशनमा प्रदेश कमिटीको तर्फबाट बस्तुनिष्ठ समीक्षा, एमालेलाई अब कसरी अघि बढाउने भावी योजना तथा कार्यदिशा तय गरेको छ ।


